अपडेट

भौतिक पूर्वाधार मन्त्रालय सुर्खेतका सवारी चालक विष्टको भेरी नदी किनाराको शव

  ।   २१ असार २०८२, शनिबार १९:०५
साकेंतिक तस्बिर

सुर्खेत । भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक हिम बहादुर विष्ट भेरी नदीको किनारामा भेटिएको पुरूषको शव भएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रबार पौने ४ बजे अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित नदीको किनारामा एक पुरूषको शव फेला पारेको थियो।

उक्त शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक विष्ट असार ५ गतेदेखि बेपत्ता थिए । उनि भएको परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

दैलेख चामुण्डाबीन्द्रासैनी नगरपालिका-२ घरका उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(३ तातापानी बस्दै आएका थिए। उनले आफू काम गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकको काम गर्ने डिएसपी बुढथापाले बताए ।

उनले असार ५ गते सोही मन्त्रालयको क.प्र.०२-००१ ब. ००७२ नम्बरको मोटरसाइकल लिएर गएका थिए, उनले भने, ६ गते बिहान कार्यालय बिरामी छु भनेर कार्यालय नगएको सूचना प्राप्त भएको छ ।

उनका परिवारले निवेदन दिएपछि खोज तलासको क्रममा असार ९ गते बिहान ९ बजे भेरीगंगा नगरपालिका-२ भेरीपुलदेखि ५० मिटर पूर्वतिर मोटरसाइकल भेटिएको थियो। त्यतिबेलादेखि नै उनको फोन भने लागेको थिएन  । अहिले घटनाबारे प्रहरिले थप अनुसन्धान गरिरहेको डिएसपी बुढथापाले जानकारी दिए।

Next Post

कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक प्रदेश सभामा टेबुल

२१ असार २०८२, शनिबार १९:०५
सुर्खेत । कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक प्रदेश सभामा टेबुल भएको छ । आइतबार बसेको छैठौँ अधिवेशनको २६ औं बैठकमा सरकारकातर्फबाट सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले टेबुल गर्नु भएको हो । सरकारले प्रदेश भित्र स्थापना भएका र सञ्चालनमा रहेका सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, […]