अपडेट

कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक प्रदेश सभामा टेबुल

  ।   २३ असार २०८२, सोमबार ११:२८

सुर्खेत । कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक प्रदेश सभामा टेबुल भएको छ । आइतबार बसेको छैठौँ अधिवेशनको २६ औं बैठकमा सरकारकातर्फबाट सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले टेबुल गर्नु भएको हो ।

सरकारले प्रदेश भित्र स्थापना भएका र सञ्चालनमा रहेका सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, नवीकरण, नियमन तथा स्वतन्त्र, निष्पक्ष, मर्यादित र जवाफदेही सञ्चार माध्यम र आमसञ्चार तथा सूचना प्रविधिको क्षेत्रको विकास प्रवद्र्धन र सञ्चार क्षेत्रमा क्रियाशिल जनशक्तिको व्यवसायिकता अभिवृद्धि गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक रहेकोले विधेयक ल्याइएको मन्त्री शाहले बताए ।

Next Post

डोल्पाको अन्नपूर्ण विद्यालयमा सार्वजनिक खरिद प्रक्रिया अनियमिततामा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२३ असार २०८२, सोमबार ११:२८
डोल्पा । डोल्पाको अन्नपूर्ण माध्यामिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरी करिब ३० लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, अन्नपूर्ण माविको निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी पुर्‍याइएको […]

सम्बन्धित शीर्षक