रास्वपा कर्णालीको नेतृत्व फेरि खड्काकै हातमा

  ।   ३ असार २०८३, बुधबार ०७:२२

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कर्णाली प्रदेश सभापतिमा मदन खड्का भारी मतसहित निर्वाचित भएका छन्।

प्रथम कर्णाली प्रदेश महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा खड्काले २८८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। उपाध्यायले ६३ र बस्नेतले ३५ मत प्राप्त गरे।

कुल ४०० मत खसेको निर्वाचनमा खड्काको पक्षमा स्पष्ट बहुमत देखिएको छ। रास्वपाको स्थापनाकालदेखि कर्णालीमा संगठन विस्तार र सुदृढीकरणमा सक्रिय खड्का अब प्रदेश नेतृत्वको जिम्मेवारीमा पुगेका छन्।

यो नतिजासँगै कर्णालीमा रास्वपाको सांगठनिक नेतृत्व पुनः खड्काकै हातमा आएको छ। कार्यकर्तामाझ बलियो समर्थन प्राप्त गरेका खड्काको नेतृत्वमा प्रदेशमा पार्टी गतिविधि थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

Next Post

सुर्खेत महिला जेसीज अध्यक्ष सुनारको राजनीतिक उदय, रास्वपा प्रदेश सदस्यमा विजयी

३ असार २०८३, बुधबार ०७:२२
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा महिला सदस्यतर्फ मन कुमारी सुनार (मनु) २४० मत प्राप्त गर्दै विजयी भएकी छन्। निर्वाचन परिणामअनुसार निर्मला शाहीले २७४, सरस्वती बुढाले २७३, मन कुमारी सुनार (मनु) ले २४०, सिलु थापाले २०७, देवी विकले २०३, खगिसरा बुढाले १९९ र राधा […]

सम्बन्धित शीर्षक