अपडेट

खसी किन्ने विषयमा विवाद हुँदा एक जनाको मृत्यु

  ।   ४ आश्विन २०८२, शनिबार ११:०४
साकेंतिक तस्बिर

बाँके ।बाँकेमा खसी किन्ने विषयमा भएको सामान्य विवादले उग्र रूप लिएपछि एक जनाको ज्यान गएको छ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार बिहान खसी किन्ने क्रममा दुई समूहबीचको झडपमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ।

प्रहरीका अनुसार जाबिदले किन्न तय गरेको खसी अर्का व्यक्तिले लैजान खोजेपछि विवाद सुरु भएको थियो। सोही विवाद ढुंगा हानाहानमा परिणत भएको र ढुंगा लागेर गम्भीर घाइते भएका जाबिदलाई उपचारका लागि अस्पताल पुर्याइए पनि दिउँसो साढे २ बजेतिर उनको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।

स्थानीयले सामान्य व्यापारिक लेनदेनलाई लिएर ज्यान जानेसम्मको घटना हुनु दुःखद भएको बताएका छन्। प्रहरीले घटनाबारे थप विवरण संकलन गर्दै निष्पक्ष छानबिन हुने आश्वासन दिएको छ।

Next Post

मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रु अलपत्र, चाडपर्व नजिकिँदै झन् संकट

४ आश्विन २०८२, शनिबार ११:०४
काठमाडौँ ।  मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोलामा शुक्रबार साँझ गएको पहिरोका कारण हजारौँ यात्रु अलपत्र परेका छन्। काठमाडौँ भित्रिने र बाहिरिने मुख्य मार्ग अवरुद्ध भएपछि चाडपर्व नजिकिँदै गर्दा यात्रुहरू झन् ठूलो मर्कामा परेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो साँझ ६ बजेदेखि यात्रुवाहक […]