अपडेट

घर लिप्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापेर १ महिलाको मृत्यु

  ।   १७ आश्विन २०८१, बिहीबार १५:२०
साकेंतिक तस्बिर

सुर्खेत । घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर एकजना महिलाको मृत्यु भएको छ ।

बिहिवार बिहान सुर्खेतको गुर्भाकोट नगरपालिका ७ सानोठकेनीमा ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

दसैँको लागि घर नजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

Next Post

कालिकोटमा बिजयादशमी तथा तिहार पर्व लक्ष्यित यात्रु सहायता कक्ष स्थापना

१७ आश्विन २०८१, बिहीबार १५:२०
कालिकोट । कालिकोट जिल्लामा बिजयादशमी तथा तिहार र छड पर्वलाई मध्येनजर गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालयले पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरेको हो । कार्यक्रम भिडीयो : दशैमा घर फर्किनेहरुको चाँप बढिसकेकाले जिल्लाको मुख्य प्रवेशद्धार ताडि बजारमा शुक्रबार सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायण […]