कालिकोट । कालिकोट जिल्लामा बिजयादशमी तथा तिहार र छड पर्वलाई मध्येनजर गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालयले पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
कार्यक्रम भिडीयो :
दशैमा घर फर्किनेहरुको चाँप बढिसकेकाले जिल्लाको मुख्य प्रवेशद्धार ताडि बजारमा शुक्रबार सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उद्घाटन गर्र्नुभएको हो। सोही क्रममा बोल्दै भट्टराईले सडक दुर्घटना न्यूनिकरण गर्दै यात्रुको सहजीकरणको लागि सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।
यात्रा सफल बनाउन यात्रु, चालक, सवारीधनीहरुको मुख्य भूमिका हुने भएकाले सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । साथै बजार, मेलाको व्यावस्थापनमा पनि सवैको सहयोग तथा सहजीकरण आवश्यक रहेको बताउनुभयो ।
जिल्लाका बढी यात्रु चाँप हुने र यातायातमा चर्को भाडा लिने लगाएतका समस्या समधान गर्ने उदेश्यका साथ कक्ष संचालन गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताउनुभयो ।
मुख्यत दशैं र तिहारमा स्वदेश तथा बिदेशबाट आउनेहरु यात्रु र यातयातको चापलाई व्यवस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरेर प्रहरीको निगरानी बढाइएको रावतले बताउनुभयो।
कालिकोट जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले कार्यक्रमको संचालन गरेका हुन । महताराले सवारी साधनको ओभरलोढ, यात्रुको असजिलो र भाडाको निगरानी सहायता कक्षबाट हुने बताउनुभयो ।