सुर्खेत । यो वर्षको वडा दशैं असोज १७ गते बिहिबारदेखि सुरु भएको छ । हिन्दुहरुका दुई ठूला पर्वको आगमनसँगै रोजगारी गर्न, पढ्न र भविष्यको खोजीका लागि गाउँ छाडेकाहरु विस्तारै घर फर्कन थालेका छन् । अन्य समय सुनसान हुने ग्रामिण क्षेत्र चाडपर्व भित्रिएसँगै शहर सुनासान बनाएर जन्मभूभि फर्किने परदेशीहरुको संख्या दिनहु बढ्दो छ ।
दैनिक काठमाडौं, नेपालगन्ज विभिन्न स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा जाने र आउनेको भीड यति बेला बाक्लो छ । तेस्तै
सुर्खेत बसपार्कबाट साविकको कर्णालीका कालिकोट, हुम्ला,, डोल्पा, मुगु, जुम्ला लगाएत सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा कर्णाली राजमार्ग बाट आवात जावात गर्ने यात्रुको चाप बढी भएपछि सडक दुर्घटनाको जोखिम उत्तिकै छ ।
राष्ट्रिय राजमार्ग र सहायक मार्गहुँदै नागरिकहरु गाउँ फर्केन थालेपछि सडक डिभिजन कार्यालयहरुले सडक स्तरोन्नतिमा जुटिरहेका छन् । तत्कालै वर्षात नभए कर्णालीका सबै जिल्ला र जिल्ला भित्रका सहयाक सडक भएर गाउँ पुग्न कुनै समस्या छैन् । कर्णाली राजमार्गको दही खोला, गगने खोला, एस मोड, खुलालु क्षेत्रको पहिरो हटाएर आवागमन सहज बनाइएको छ । कर्णाली करीडोरका यात्रुहरुलाई होल्ड नगर्नेगरी सडक मर्मतको काम भइरहेको छ ।
कर्णाली राजमार्गको बाङ्गसिमल–दैलेखको दहीखोला खण्ड अन्तर्गत पर्ने १३२ किलोमिटर सडक डिभिजन सुर्खेतले हेर्दै आएको छ । दैलेख दहीखोला देखी कालिकोट नाग्म सम्म जुम्ला सडक डिभिजन ले हेदै आएको छ ।
दही खोला–गगने खोला र खुलालु क्षेत्रमा वर्षातमा निकै सास्ती दिएको सडक खण्ड हो । दही खोलामा बाढीले पक्की पुल नै बगाइसकेको छ । नागरिकहरुलाई सहज आवतजातका लागि दही खोलासम्म कुनै समस्या नरहेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए । वर्षातका कारण सडकमा आउने अवरोध हटाउँन विभिन्न स्थानमा स्काभेटर तयारी अवस्थामा राखिएको प्रमुख भण्डारीले बताए ।
दही खोला–नाग्म–जुम्ला, नाग्म मुगु
दैलेखको सिमाना दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको दुरी एक सय पाँच किलोमिटर छ । बर्खाको बेला सबैभन्दा धेरै सास्ती दिएको गगने खोला, एस मोड, खुलालु यहीँ खण्ड अन्तर्गत पर्दछन् । सडक डिभिजन जुम्लाको क्षेत्राधिकार रहेको यो सडक अहिले पूर्ण रुपमा सञ्चालनमा छ । साँघुरो केही क्षेत्रमा एकतर्फी बाहेक प्रायः ठाउँमा दशैंमा आउजाउ गर्न कुनै समस्या नभएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ ।
कालिकोटको नाग्मबाट जुम्लाको पश्चिम भाग सिंजा उपत्यका हुँदै मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सडक सञ्चालनमै छ । जुम्ला जोड्ने सडक कतै कच्ची र कतै कालोपत्रे छ । नाग्म–गमगढी सडक खण्डको जुम्लामा झण्डै चार किलोमिटर बाहेक सबै सडक कच्ची छ । गमगढीबाटै मुगुको सोरुकोट र गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जाने सडक सञ्चालनमा छ । मुगुमकार्मारोङ गाउँपालिका जान गमगढीबाट छायल बजारसम्म जीपमा पुग्नमा कठिनाई छैन् । कर्णाली कोरिडोर भएर मुगुकै खत्याड पुग्नमा पनि समस्या छैन् ।
खुलालु–कोल्टी–सलिसल्ला सिमकोट–हिल्सा
कर्णाली राजमार्गमा पर्ने कालिकोटको खुलालुदेखि हुम्लामा पर्ने नेपाल चीन सिमानासम्मको सडकको दुरी दुई सय ६९ किलोमिटर हो । यो सडकमा एक सय २३ किलोमिटर अहिले कर्णाली कोरिडोर दक्षिण खण्ड ९खुलालु–सल्लिसल्ला० सडक योजना कोल्टी बाजुराले हर्दै आएको छ । नेपालगञ्जदेखि सिधा र सुर्खेतबाट सवारीहरु बाजुराको पिलिचौरसम्म पुगिरहेका छन् ।
पिलिचौर खोला बढेकाले साना सवारी आवागनमा भने समस्या छ । तर, खोला तरेपछि साना जीपबाट सल्लीसल्लासम्म पुग्न सकिन्छ । ३३ किलोमिटर सडकमा ग्राभेल राख्ने गरी काम भइरहेको कर्णाली कोरिडोर दक्षिण खण्ड ९खुलालु–सल्लिसल्ला० सडक योजना कोल्टी बाजुराका सव–ईन्जिनियर अन्तराज शाहीले जानकारी दिए ।
‘कतिपय ठाउँमा सडक चौडाका लागि काम जारी छ,’ शाहीले भने, ‘दशैं सुरु भइसकेकाले निर्माण व्यवसायीलाई सवारी अवरोध हुनेगरी काम नगर्न भनेका छौं । कुनै ठाउँमा वर्षात् भएर वा सुख्खा पहिरो झरेमा हटाउन भनिसकेका छौं ।’ सल्लीसल्ला–सिमकोट हिल्सा सडक एक सय ४६ किलोमिटर कर्णाली कोरिडोर उत्तर खण्ड ९हिल्सा–सिमकोट–सल्लिसल्ला० सडक योजना हुम्लाको क्षेत्राधिकार भित्र पर्दछ ।
यो सडकको सल्लीसल्ला–खार्पुनाथसम्म बोलेरो जीप सञ्चालन भइरहेको कर्णाली करीडोर उत्तर खण्ड ९हिल्सा–सिमकोट–सल्लिसल्ला० सडक योजना हुम्लाका प्रमुख ईन्जिनियर बेलबहादुर नेपाली बताउँछन् । खार्पुनाथ खोला ठूलो रहेकाले वारीबाट १५ किलोमिटर दुरीमा रहेको सिमकोट पुग्न अर्को सवारी र सिमकोटबाट उत्तरी क्षेत्र जान बस नै सञ्चालन रहेको उनको भनाई छ ।
जाजरकोट र डोल्पा
डोल्पा जोड्ने सडक खण्डकै जाजरकोटको छेडा बजारदेखि बोहोरा गाउँ ३७ किलोमिटर, सल्यानको थारमारे–चौरजहारी–खलंगा–पाँचकटिया जाजरकोट ३०, पुष्पलाल मध्यपहाडी राजमार्गको रुकुम पश्चिम र रुकुम पूर्वको सिमानादेखि चौरजहारी ६० र सल्लीबजार–नेटा चौरजहारी झण्डै ४० मध्य सात किलोमिटर सडक डिभिजन चौरजहारी रुकुम पश्चिमले हेर्दै आएको छ ।
यी मध्ये थारमारे–चौरजहारी–खलंगा–पाँचकटिया जाजरकोट र सल्लीबजार–नेटा चौरजहारी सडक निर्माणकै क्रममा छ । ‘पहिरो खसेको क्षेत्रमा तत्कालै पहिरो पन्छाएका कारण यी सडकहरुमा कुनै अवरोध छैन,’ प्रमुख तेजस्वी शर्माले भने, ‘दशैंमा सवारी चाप बढेसँगै यात्रुको बढी ओहोरदोहोर हुने भएकाले कुनै अवरोध आएमा आधादेखि एक घण्टामा सडक सुचारु गर्नेगरी प्राविधिकहरु तयारी अवस्थामा राखिएको छ ।’
यता, डोल्पा सदरमुकाम दुनै जोड्ने जाजरकोटको बोहोरा गाउँबाट एक सय १७ किलोमिटर सडक भेरी कोरिडोर ९जाजरकोट–दुनै–मरिम–तिन्जे धो० सडक योजना डोल्पाको क्षेत्राधिकारको सडक हो । जाजकोटको बोहोरा गाउँदेखि डोल्पाको तल्लुबगर ५६ किलोमिटर सडकमा सहज सवारी आवागन भइरहेको योजना कार्यालय डोल्पाका सिनियर डिभिजनल ईन्जिनियर सुनिल रञ्जितकार बताउँछन् । बोहोरादेखि नलगाडसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसकिएको र तल्लुसम्म यो वर्षमा सक्ने लक्ष्य छ ।
तल्लुबगरदेखि दुनैसम्म पुग्न साना खोलाका कारण अवरोह हुने गरेको छ । तर ठूलो वर्षात् नभए काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट सिधैँ बसहरु दुनै पुग्ने गरेका छन् । साना खोलाहरुमा विस्तारै पानीको बहाव घट्दै गइरहेकाले दशैंमा घर फर्किने नागरिकहरुलाई सिधै दुनै पुग्न समस्या नरहेको रञ्जितकारले जनाए । सडक निर्माणकै क्रममा रहेकाले कुनै अवरोध भए निर्माण व्यवसायीको समन्वयमा कार्यालयका प्राविधिकहरुले तक्कालै सडक खुलाउने गरेको उनको भनाई छ ।
नागरिकलाई सुरक्षित गन्तव्य पु¥याउन ठाउँ–ठाउँमा चेकिङ
कर्णालीका प्रायः राजमार्ग जिर्ण छन् । नदी किनाराका खोच भएर नागरिकहरु गन्तव्य पुग्नुपर्ने सडक छन् । शहर बस्नेहरु दशैं शुरु भएपछि धमाधम घर फर्किरहेका छन् । अन्य समयको तुलनामा चाडवाडमा यात्रुको बढी चाप हुने भएको दुर्घटनाको जोखिम उस्तै छ ।
प्रदेशका १० वटै जिल्लाका गाउँहरु फर्किनेहरुको लर्को लागेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । सडक सुरक्षालाई कडाइ र व्यवस्थित बताउन राजमार्ग र सहायक मार्गमा १० जिल्लाका एक सय ६२ स्थानमा नियमित, विशेष र आकस्मिक चेकिङको व्यवस्था मिलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । चेकिङ स्थलमा दुई सय ९० जना ट्राफिक र एक सय ९९ जना प्रहरी खटाइएर ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गरिरहेको उनले बताए ।
यात्रुहरूको सहजताका लागि पर्व लक्षित ६० वटा यात्रु सहायता र नागरिक सहायता कक्षहरू स्थापना गरेर एक सय ७२ जना प्रहरी खटाइएको छ । ‘गाउँ फर्किनेहरुलाई तिव्र गतिमा सवारी चलाएर पुनः सवारी फर्किदा यस्तो बेला दुर्घटनाको जोखिम बढ्छ,’ प्रहरी नायब महानिरीक्षक भट्टराईले भने, ‘नागरिकलाई सुरक्षित गन्तव्य पु¥याउन सात स्थानमा गाडी, सवारी चालक र यात्रुहरूले आराम गर्नका लागि ‘रि–फ्रेस’ सेन्टर सञ्चालनमा ल्याएको छौं । हामीले दशैँ लगायतका चाडपवहरु सुरिक्षत बनाउन विशेष योजना बनाएर अगाडि बढेका छौं ।’ सात स्थानमा रहेका यात्रु विश्राम कक्षमा लामो दुरीका सवारीहरु कम्तिमा २० मिनेट रोकिनु पर्नेछ । युगआवान राष्टिय दैनिकबाट साभार