सुर्खेतमा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण

  ।   ८ कार्तिक २०८१, बिहीबार २१:१२

सुर्खेत । कर्णाली अनलाइनका कार्यकारी सम्पादक जगत सापकाटोमाथि अपरिचित व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ सुर्खेत शाखाका अनुसार कात्तिक ६ गते मंगलबार सञ्चारकर्म सकेर सुर्खेतस्थित जुम्लारोडमा रहेको मोक्ष होटलमा कफी खाइरहेको अवस्थामा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण भएको थियो। आक्रमणबाट टाउकोमा चोट लागी उपचाररत रहेका सापकोटाको टाउकोमा ६ टाँका लगाइएको शाखाले जनाएको छ।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस प्रकारले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी काम हो’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘महासंघ आक्रमण गर्ने व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’ रासस

Next Post

गैरसरकारी संस्थाहरुले आफुलाई पारदर्शी राख्नुपर्ने ; मुख्यमन्त्री कँडेल

८ कार्तिक २०८१, बिहीबार २१:१२
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संस्थाहरुले आफुहरुलाई पारदर्शी राख्नुपर्ने बताएका छन् । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को २५ वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले सार्वजनिक संस्थाहरु पारदर्शी हुनुपर्ने बताएका हुन् । ‘सार्वजनिक संस्था टिक्ने हो भने आफुलाई पारदर्शी राख्नुपर्छ,’ उनले भने, ‘विकास र परिवर्तनका […]