राकम कर्णालीमा करेन्ट लागेर मृत्यु पछि अवरुद्ध कर्णाली राजमार्ग सुचारु

  ।   २२ बैशाख २०८२, सोमबार २०:०७
साकेंतिक तस्बिर

दैलेख । दैलेखमा करेन्ट लागेर मृत्यु भएका नगेन्द्र माझीका आफन्तले विद्युतले क्षतीपूर्ती दिने सहमतिमा अवरुद्ध गरिएको कर्णाली राजमार्ग सुचारु भएको छ ।

राकम कर्णालीमा करेन्ट लागेर माझीको आइतबार साँझ मृत्यु भएपछि आफन्तले आज विहानैबाट कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । नेपाल विद्युत प्राधिकरण कालिकोट, प्रहरी र पीडित परिवारसँगको सहमतिमा बन्द भएको राजमार्ग सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताउनुभयो । सहमतिमा मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुनअनुसार पाउने क्षतीपूर्तीमध्य एक लाख काजकिरियाका लागि रकम उपलव्ध गराउनेसमेत सहमति भएको उहाँको भनाई छ ।

पीडित परिवारसँग सहमति भएसँगै सोमबार विहानैबाट राकम कर्णाली बजारमा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ । आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय माझी आइतबार साँझ घाँस काट्ने क्रममा करेन्ट लागेको थियो । माझि चढेको रुखमा विद्युतको तारले छोएको र करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको खड्काले बताउनुभयो । मृतक माझीको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुराईयको छ ।

Next Post

सर्केगाडमा स्थानीय जोखिम मोलेर नदीको काठेपुल वारपार गर्नु पर्ने बाध्यता

२२ बैशाख २०८२, सोमबार २०:०७
हुम्ला । सर्केगाड गाउँपालिका र प्रदेश सरकारले गरेको बेवास्ताका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्नु पर्ने बाध्यता रहेको छ । काठको कच्ची झोलुङ्गे पुलमा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयले गुनासो गरेका छन् । रीप गाउँका स्थानीयहरू पालिका केन्द्र सर्केगाड, […]