हुम्लामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

  ।   १६ श्रावण २०८१, बुधबार १४:०६

हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन । सिमकोट गाउँपालिका–२ को ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा विहान साढे दश बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन ।

सदरमुकाम सिमकोट देखि चामल लिएर गएको कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा पचाँस मिटर भन्दा तल खसेको छ ।

ट्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षिय धनबहादुर सुनार उहाँका सहयोगी (सहचाल) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

Next Post

ठेकेदारको लापारवाहीले पूर्वाधार विकास निर्माणमा म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै

१६ श्रावण २०८१, बुधबार १४:०६
सुर्खेत । कर्णाली प्रदेशमा पूर्वाधार विकास निर्माणतर्फ हेलचक्य्राइँ बढ्दो क्रममा छ । ठेकेदारको लापारवाही र सम्बन्धित कार्यालयको कमजोरीका कारण स्थानीयदेखि संघीय सरकारका पूर्वाधार विकासका योजना निर्माणमा हेलचक्य्राइँ बढेको हो । कर्णाली सरकारको नेतृत्व पटक पटक फेरबदल भएको छ । तर अवस्था उस्तै छ । प्रदेश सरकार स्थापना भएको ६ वर्ष […]