जुम्ला । कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा बजेट ल्याएको हो ।
कनकासुन्दरीले जिल्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा असार ९ गतेनै नीति र बजेट ल्याएको छ । बजेट तर्जुका समितिका संयोजक तथा उपाध्यक्ष प्रेमकली बुढाले आगामी आवका लागि झण्डै ५० करोड बराबरको बजेट प्रस्तुत गरिएको बताईन् । उनका अनुसार संघ प्रदेश बाट प्राप्त अनुदानका आधारमा डल्लो बजेट प्रस्तुत भएको र शाखागत रुपमा बाडँफाँड हुन बाँकी रहेको छ । बजेट माथि छलफल गरेर प्रथामकिताका क्षेत्रमा बजेट विनियोजन गरिने छ ।
गाउँपालिकाका अध्यक दामोदर आर्चायले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कनकासुन्दरीका नारिकका माग र आबश्यकतालाई मध्यनजर गरि गाउँबस्तिबाट छनोट भई आएका योजनालाई नीतिमा जोड दिईएको उनको भनाई छ। विशेष गरि कृषि,शिक्षा,स्वास्थ्य तथा सरसफाई,पूर्वाधार विकारमा विशेष प्रथामिकता दिईएको उल्लेख गरे ।
कनकासुन्दरीका सम्भावनाहरुलाई अबसरमा रुपान्तरण गर्ने,रोजगारी सृजना गर्ने,आबश्यकतामा आधारित विकासलाई जोड दिने, उत्पादन बढाएर आत्मनिर्भर बन्ने जस्ता नीतिलाई जोड दिइएको छ । नागरिकलाई घरदैलोमा स्थानीय सरकारको अनुभूति हुने गरी सेवा प्रवाह तथा विकासका गतिविधिलाई अघि बढाईने छ । कूल १० करोड बजेट मध्य कनकासुन्दरीमा संघिय सरकारबाट वित्तीय समानीकरण अनुदान तर्फ १० करोड १ लाख,सशर्त पूँजीगत अनुदान २ करोड ७० लाख,सशर्त चालु अनुदान १६ करोड ३० लाख र विशेष अनुदान १ करोड ७८ लाख प्राप्त भएको छ । त्यस्तै राजस्व बाँडफाँड तर्फ ९ करोड १९ लाख ८४ हजार रुपैयाँ आएको छ । भने प्रदेश सरकारबाट प्राप्त अनुदान मध्य वत्तीय समानीकरण अनुदान १ करोड २५ लाख ४९ हजार,सशर्त अनुदान २ करोड ३२ लाख ६९ हजार,राजस्व बाँडफाँड ७ लाख बजेट आएको छ । आन्तरिक राजस्व संकलन ३२ लाख संकलन हुने अनुमान गरिएको छ । भने, आन्तरिक स्रोतबाट ४ करोड ६५ लाख रहेको छ । भने गैरसरकारी संस्था आईएनएफले १७ लाख ८६ हजार र क्याड नेपाल, जुम्लाले ९२ लाख ८५ हजार कनकासुन्दरीमा बजेट पेश गरेको छ ।
आन्तरिक आम्दानीमा कमजोर स्थानीय सरकार संघ र प्रदेशकै अनुदानको भरमा बजेट ल्याउने गरेका छन् । आन्तरिक आम्दानी बृद्धिका स्रोत प्रचुर भएपनि ठोस नीति र लगानी अभावले अपेक्षाकृत राजश्व संकलन हुन सकेको छैन् ।







