अपडेट

शिक्षामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक द्वारा जनप्रभात मावीलाई २ लाखको CSR सहयोग

  ।   ६ श्रावण २०८३, बुधबार १४:५४

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋक्च् सहयोगबाट जनप्रभात मावीमा कम्प्युटर तथा शैक्षिक सामग्री, दुर्गम क्षेत्रका विद्यार्थी लाभान्वित

कालीकोट। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, शाखा कार्यालय खाँडाचक्र–१, मान्मा, कालीकोटले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व CSR कार्यक्रमअन्तर्गत नरहरिनाथ गाउँपालिका–९ स्थित श्री जनप्रभात माध्यमिक विद्यालयलाई रु। २ लाख बराबरको सहयोग उपलब्ध गराएको छ।

उक्त रकमबाट विद्यालयले ४ वटा डेस्कटप कम्प्युटर, खेलकुद सामग्री तथा अन्य आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयको जिन्सी खातामा दर्ता गरी नियमित प्रयोगमा ल्याएको जनाएको छ। विद्यालयका अनुसार यस सहयोगले सूचना प्रविधिमा आधारित शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा कुमारी शाही र प्रधानाध्यापक निर्मलकुमार शाही ले संयुक्त रूपमा बैंकप्रति आभार व्यक्त गर्दै दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकाको शिक्षामा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताएका छन्।
यसैबीच, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, मान्मा शाखाका शाखा प्रबन्धक रोहान कुमार बिष्ट ले बैंकले नाफामुखी कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आएको बताए।

उनले भने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। शिक्षामा गरिएको लगानी नै दिगो विकासको आधार हो भन्ने विश्वासका साथ बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ। स्थानीय समुदायको जीवनस्तर उकास्ने र विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुर्‍याउने अभियानमा बैंक सदैव प्रतिबद्ध रहनेछ।

विद्यालयले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

Next Post

सुर्खेतमा फोर्स गाडी पल्टिँदा १९ जना घाइते, चारको अवस्था गम्भीर

६ श्रावण २०८३, बुधबार १४:५४
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारी क्षेत्रमा बुधबार भएको सवारी दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान करिब ११स्४५ बजे अनियन्त्रित भई सडकमै […]

सम्बन्धित शीर्षक