पहिरोमा परी एक बालकको मृत्यु ३ जना घाइते

  ।   २६ असार २०८१, मंगलवार १५:४६
फाइल फोटो

सुर्खेत । रुकुम पूर्वमा पहिरोमा परी एकजना बालकको मृत्यु भएको छ । पहिरो परि तीन जना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाउँदा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईका अनुसार बालकका बुबा ४० वर्षीय र आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

Next Post

बाँझोपन हटाइदिन्छु भनेर ठगी गरेको आरोपमा ठगी गर्दै हिँड्ने महिला पक्राउ

२६ असार २०८१, मंगलवार १५:४६
कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकामा बाँझोपन भएका महिलाहरूको बाँझो पन हटाइदिन्छु भनेर ठगी गरेको आरोपमा ठगी गर्दै हिँड्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका २ बस्ने वर्ष ३६ कि हजरुन खातुन रहेकी छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीका अनुसार आफूलाई दुर्गामाता बताउँदै […]