अपडेट

कर्णाली जेसिजद्वारा सामाजिक विकास कार्यालयका प्रमुख शाही स्वागत, लोहार विदाइ

  ।   ८ भाद्र २०८२, आईतवार १६:०१

कालिकोट । कर्णाली जेसिज कालिकोटले सामाजिक विकास कार्यालय, कालिकोटमा आज विशेष स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष एवम् सामाजिक विकास कार्यालय, कालिकोटका नयाँ प्रमुख अबिराज शाहीलाई आत्मीय स्वागत गरिएको छ। कार्यक्रममा कर्णाली जेसिजले उहाँको नेतृत्वमा कार्यालयले अझ प्रभावकारी र नतिजामुखी सेवा दिने विश्वास व्यक्त गरेको छ।

सोही अवसरमा, करिब ९ महिना सामाजिक विकास कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाली योगदान पु–याउनुभएका रछाने लोहारलाई मायाको चिनो सहित सम्मानपूर्वक विदाइ गरिएको छ। कार्णाली जेसिजले उहाँको सेवाभाव र समर्पणलाई स्मरण गर्दै निरन्तरको सहयोग र योगदानको कदर गर्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा कर्णाली जेसिज कालिकोट २०२५ का अध्यक्ष खगेन्द्र पाण्डेले “निरन्तरको सेवा, सहयोग र नेतृत्व क्षमता प्रशंसनीय रहेको छ” भन्दै दुवै प्रमुखप्रति आभार प्रकट गर्दै नयाँ जिम्मेवारीमा सफलताको शुभकामना व्यक्त गरे।

यस अवसरमा, नव–प्रमुख अबिराज शाहीले भने, “यो कार्यालयलाई आगामी दिनमा मर्यादित, अनुशासित र जनमैत्री सेवामा अग्रणी बनाउँदै ‘एक नम्बर कार्यालय’ बनाउने हाम्रो सामूहिक लक्ष्य हुनेछ। सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछु,” भन्दै सबैको साथ र सहयोग अपेक्षा गरे ।

Next Post

गैरनाफामूलक शब्द हटाउन निजी विद्यालयको दबाब

८ भाद्र २०८२, आईतवार १६:०१
सुर्खेत। विद्यालय शिक्षा विधेयकमा उल्लेख गरिएको ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले सो प्रावधान हटाउन दबाब बढाउँदै आन्दोलनमा उत्रिएका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालय संगठनहरूले भदौ १२ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। आन्दोलनको तयारीसँगै उनीहरूले संसद् […]