दाङ । दाङको गढवा गाउँपालिका–५, चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार साँझ कोइलाबासबाट कपिलवस्तुतर्फ ४९ बोरा लिलाम गरिएको मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गढवा गाउँपालिका–६ का २६ वर्षीय सागर कुमाल को नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा राति करिब ११:१५ बजे मृत्यु भएको हो।
बोलेरो चालक कपिलवस्तुको शिवराज नगरपालिका–६ का २५ वर्षीय अकवान अहमद मिया सहित अन्य तीन जना घाइतेको उपचारपछि लमही अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







