ठूलो परिमाण १ हजारको नक्कली नोटसहित १ महिला पक्राउ

  ।   २७ जेष्ठ २०८१, आईतवार १४:३८

काठमाडौं । काठमाडौंबाट एक महिलालाई ठूलो परिमाणमा नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । शनिबार राति उनलाई पक्राउ गराएको हो।

नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित काठमाडौंको कलंकीमा चियापसल सञ्चालन गर्दै आएकी तारादेवी डंगोललाई पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कसरी चिन्न सकिन्छ नक्कली नोट

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले उनको पसल तलासी गर्दा उक्त नक्कली नोट फेलापरेको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Next Post

देशभरी १ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि

२७ जेष्ठ २०८१, आईतवार १४:३८
काठमाडौं । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिए । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि […]

सम्बन्धित शीर्षक