जुम्लामा पहिलोपटक चिसोमा तातो कर्णाली कविता कन्सर्ट हुँदै

  ।   २२ मंसिर २०८१, शनिबार १०:१५

जुम्ला । कला घर जुम्लाको आयोजनामा चिसोमा तातो कर्णाली कविता कन्सर्ट हुने भएको छ । जिल्लाको सांस्कृतिक पहिचान जोगाउन र जिल्लामा रहेका लेखकहरुलाई प्रोत्साहन गर्न कविता कन्सर्टको आयोजना गरिएको हो ।

जिल्लामा रहेका करिब १० जना कविका कविताहरु फरक तरिकाले कार्यक्रममा वाचन हुनेछन् । मंसिर ३० जुम्ला सदरमुकाम स्थित कृष्ण मन्दिर परिसर कर्णाली कविता कन्सर्ट हुने भएको छ ।

कला घर जुम्लाका सदस्य सुवाश खत्री भने ुजिल्लाको भाषा साहित्य संस्कृति कलाको संरक्षण गर्न र साहित्यकारहरुको पहिचान गर्न आयोजना गरिन लागेको छ । कार्यक्रमको मञ्च जुम्लामा उत्पादन भएका सामाग्रीबाट सजावट गरिने छ भने विभिन्न सांगीतिक प्रदर्शन पनि हुनेछन् ।

जुम्ला जिल्लामा पहिलोपटक चिसोमा तातो कर्णाली कविता कन्सर्ट हुन लागेको हो ।

Next Post

कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित

२२ मंसिर २०८१, शनिबार १०:१५
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक […]