अपडेट

कालिकोटमा ४ दिन देखि अवरुद्ध विद्युत सुचारु

  ।   २५ असार २०८१, मंगलवार १७:०९

कालिकोट । शनिबारदेखि अवरुद्ध विद्युत सुचारु भएको छ । वर्षातका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको एसमोडमा पहिरो जाँदा पोल ढलेर अवरोध भएको विद्युत मङ्गलबार दिउँसोबाट सुचारु भएको हो ।

पहिरो पञ्छाउन समय लागेपनि विद्युत वितरण केन्द्र कालीकोटका कर्मचारी पैदल गएर अन्य ठाउँमा नयाँ पोल गाडेर बिद्युत सेवा सुचारु गरेका हुन् ।

विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका फोरमेन जयप्रसाद पाण्डेले सडकको पहिरो पञ्छाउन समय लाग्ने र बिद्युत सुचारु गर्न अझै ढिलो हुने भएपछि पैदल गई नयाँ ठाउँमा पोल गाडेर बिद्युत सुचारु गरेको बताए ।

पहिरो पञ्छाउन लागेको तीन दिन भइसकेको छ । त्यसैले त्यो समयको प्रतिक्षा गर्दा सदरमुकाम सहितका नागरिकले गाली गर्ने भएकाले जोखिम मोलेर भए पनि विद्युत सुचारु गराएको बताए । हामीले हाम्रो काम सम्पन्न गरेका छौं । सडकले पहिरो अझै पञ्छाउने काम जारी राखेको छ । सम्भव त आजै सडक पनि सुचारु हुने पाण्डेले बताए ।

बिहीबारदेखि परेको पानीका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडकसँगै कालीकोट जुम्ला र मुगुको राष्ट्रिय प्रसारण लाइन अवरोध भएको थियो । विद्युत अवरोध हुँदा जिल्लाका सामुदायि रेडियो समेत प्रभावित भएका थिए ।

Next Post

फाइल फोटो

जाजरकोटमा भूकम्पले बस्न पहिराको उच्च जोखिमका ११ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

२५ असार २०८१, मंगलवार १७:०९
सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई बाडी पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा उतm गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । […]

सम्बन्धित शीर्षक