सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई बाडी पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा उतm गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । उतm गाउँका ११ परिवार मध्ये ६ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए । त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए । युग