सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा शर्मा मनोनित

  ।   १९ पुष २०८१, शुक्रबार १२:४०

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा सुशीलराज शर्मा चयन भएका छन । बिहिबार संघका अध्यक्ष लक्ष्मण कँडेलले शर्मालाई प्रेस सल्लाहकारमा मनोनित गरेका हुन् । वाणिज्य संघमा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्षलाई सल्लाहकारमा मनोनित गर्ने चलन रहेको छ ।

सोहि अनुसार शर्मालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएको छ । शर्मा भन्दा अगाडी प्रेस सल्लाहाकारमा निवर्तमान अध्यक्ष ललित बसेल थिए । बसेलको कार्यकाल सकिएसगै नवनिर्वाचित अध्यक्ष शर्मालाई मनोनित गरिएको हो ।

सघंमा शर्मालाई मनोनित गर्दे अध्यक्ष कँडेलले सुर्खेतको समृद्धिका लागि नयाँ सम्भावना र सहकार्यको यात्रा तय भएको बताएका छन् । कंडेलले बधाई र शुभकामना व्यक्त गर्दे भनेका छन् पत्रकार महासंघ र उद्योग वाणिज्य संघ बीचको सहकार्यलाई थप सशक्त बनाउने आवश्यकता र महत्वलाई उजागर गर्ने विश्वास लिएको छ।

उद्योग वाणिज्य संघ र पत्रकार महासंघको सहकार्यले सुर्खेतको उद्योग, व्यापार, र व्यवसायको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नेछ र कर्णाली प्रदेशमा सुशासन, विकास निर्माण, र सूचनाको अधिकार प्रवद्र्धनमा थप प्रभावकारी कदमहरू चाल्ने विश्वास लिएको छ ।

यस्तै निवर्तमान अध्यक्ष बसेलको नेतृत्वले, समर्पण, र निष्ठाको फलस्वरूप सुर्खेत र कर्णाली प्रदेशको दिगो आर्थिक विकास र सूचना–प्रविधि क्षेत्रमा ऐतिहासिक पाइला चाल्न सफल भएकोमा कंडेलले धन्यवाद दिएका छन । कंडेलले बसेलले गरेको योगदान केवल शब्दमा सीमित नभएको भन्दै यस क्षेत्रको सामाजिक र आर्थिक विकासमा गहिरो प्रभाव पारेको बताएका छन् ।

Next Post

कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

१९ पुष २०८१, शुक्रबार १२:४०
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिनुभयो । यस्तै, कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन आगामी ७ माघमा […]