अपडेट

धापासीमा पहिरोले सडक अवरुद्ध, ६ पोल र ट्रान्सफर्मर ढल्यपछि विद्युत् आपूर्ति ठप्प

  ।   ७ भाद्र २०८२, शनिबार १२:०२

सुर्खेत । राजधानीमा शुक्रबारको अविरल वर्षाले टोखा नगरपालिका–४ धापासीस्थित लाम्पाखा चोक नजिकै ठूलो क्षति पुर्‍याएको छ। दिउँसो करिब साढे ३ बजेतिर अचानक खसेको पहिरोले स्थानीय जनजीवन अस्तव्यस्त बनाएको हो। पहिरोका कारण मुख्य सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यसमाथि, सडक छेउमै रहेको ट्रान्सफर्मरसहित छ वटा बिजुलीका पोल ढलेपछि सो क्षेत्रमा शुक्रबारदेखि नै विद्युत् आपूर्ति बन्द भएको छ। अन्धकारमा रात बिताउनुपरेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय बासिन्दाका अनुसार, पहिरो झर्नुको मूल कारण असुरक्षित संरचना र कमसल निर्माण सामग्री प्रयोग गरेर बनाइएको नजिकैको पार्क रहेको बताइन्छ। उनीहरूको भनाइमा, गुणस्तरहीन कामकै कारण पहिरो सरेर सडकसम्म पुगेको हो।

घटनापछि प्रभावित बासिन्दाले तत्कालीन उद्धार, सडक मर्मत र विद्युत् आपूर्ति पुनःस्थापना गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यद्यपि, काम कहिले सुरु हुन्छ भन्ने अन्योल कायमै छ। स्थानीयले भने, “वडाले जिम्मेवारीपूर्वक निर्माण नगरेको परिणाम आज हामीले भोग्नुपरेको छ।” यो घटनाले काठमाडौं उपत्यकामा अव्यवस्थित शहरी विकास, कमजोर पूर्वाधार र मौसमजन्य जोखिमप्रति संवेदनशील हुनुपर्ने आवश्यकता फेरि एक पटक उजागर गरेको छ।

Next Post

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मौलिक कथालाई ५० हजारसम्मको पुरस्कार

७ भाद्र २०८२, शनिबार १२:०२
सुर्खेत । कर्णाली प्रदेशको संस्कृति, इतिहास र सामाजिक जीवनलाई पर्दामा उतार्ने उद्देश्यले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ ले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको घोषणा गरेको छ। महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार, कर्णालीका लुकेका कथा र परम्परालाई उजागर गर्दै त्यसलाई चलचित्रमार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने यो अभियान महोत्सवको महत्वपूर्ण आयाम […]