उपप्रधानमन्त्रीको संख्या चार पुगे सँगै वरीयता हेरफेर

  ।   २७ फाल्गुन २०८०, आईतवार १९:०७

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ञप्रचण्डझको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्।

आइतबार उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री नियुक्त भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

उपप्रधानमन्त्रीहरूमध्ये पहिलो नम्बरमा एमालेका रघुवीर महासेठ छन्। त्यसपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो नम्बरमा र जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव चौथो नम्बरमा राखिएको छ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त गरेका थिए। आइताबार दुई मन्त्री थप भएसँगै मन्त्रीको संख्या २२ पुगेको छ।

Next Post

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर प्रहरी जवानको मृत्यु

२७ फाल्गुन २०८०, आईतवार १९:०७
सुर्खेत । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका – २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ […]