साँझ ७ बजेसम्म ९५ जनाको शव फेला परेको सरकारद्वारा पुष्टि

  ।   १० भाद्र २०८३, बुधबार २२:०९

काठमाडौँ  – प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयले बुधवार बिहान रसुवालगायतका जिल्लामा आएको बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

बुधवार साँझ प्रकाशित विज्ञप्तिमा उसले नेपाली सेनामा कार्यरत ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएको पनि जानकारी दिएको छ।

साथै ३९१ जना विदेशी र ९३ जना कर्मचारी पनि सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ।

मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको सरकारको भनाइ छ।

Next Post

कर्णालीमा तीन मन्त्री नियुक्त, नवनियुक्त मन्त्रीद्वारा सहिद पार्कमा श्रद्धाञ्जली

१० भाद्र २०८३, बुधबार २२:०९
सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। नवनियुक्तमध्ये रुकुम पश्चिमबाट दुई जना मन्त्री बनेका छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का नियुक्त […]

सम्बन्धित शीर्षक