पेट्रोलियम अभावको असर : देशभर दुई दिने बिदा लागू हुने

  ।   २२ चैत्र २०८२, आईतवार १५:१५

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता तथा ऊर्जा व्यवस्थापनलाई मध्यनजर गर्दै सरकारले महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि हप्तामा दुई दिन—शनिबार र आइतबार—सरकारी बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएअनुसार यो व्यवस्था चैत महिनाको पहिलो सोमबारदेखि लागू हुनेछ। नयाँ निर्णय लागू भएसँगै सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन सार्वजनिक बिदा कायम हुनेछ।

सरकारले इन्धन खपत घटाउने, यातायात चाप कम गर्ने तथा वैकल्पिक ऊर्जा व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यो कदम चालेको जनाएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको आयातमा समस्या देखिँदै आएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहेकाले यस्तो निर्णय आवश्यक बनेको सरकारको भनाइ छ।

यस निर्णयले सरकारी कर्मचारी तथा विद्यार्थीलाई अतिरिक्त विश्रामको अवसर दिने अपेक्षा गरिएको छ भने ऊर्जा बचतमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यद्यपि, निजी क्षेत्र, बैंक तथा अत्यावश्यक सेवाहरूमा भने यस निर्णयको प्रभावबारे छुट्टै व्यवस्था गरिने जनाइएको छ।

सरकारले आगामी दिनमा ऊर्जा संकट समाधानका लागि थप दीर्घकालीन रणनीति ल्याउने तयारी समेत गरिरहेको संकेत दिएको छ।

Next Post

खाँडाचक्र–३ मा रास्वपाको नयाँ नेतृत्व, पाण्डेको प्रतिबद्धता– “पारदर्शी काम गर्छौं”

२२ चैत्र २०८२, आईतवार १५:१५
रास्वपाको खाँडाचक्र  वडा  ३ को वडा कमिटी गठन, सभापति पाण्डे भन्छन्– “जनताको विश्वास जित्ने गरी काम गर्छौं” कालिकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडिमा राष्ट्रिय स्वतन्त्र पार्टी ले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ३ मा वडा कमिटी गठन गरेको छ। नवगठित कमिटीको सभापतिमा प्रदीप पाण्डे चयन भएका छन्। […]