रास्वपाको खाँडाचक्र वडा ३ को वडा कमिटी गठन, सभापति पाण्डे भन्छन्– “जनताको विश्वास जित्ने गरी काम गर्छौं”
कालिकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडिमा राष्ट्रिय स्वतन्त्र पार्टी ले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ३ मा वडा कमिटी गठन गरेको छ। नवगठित कमिटीको सभापतिमा प्रदीप पाण्डे चयन भएका छन्।
उपसभापतिमा मान बहादुर शाही, सचिवमा सोमन पाण्डे र कोषाध्यक्षमा जीरा पाण्डे चयन भएका छन्। त्यस्तै सदस्यहरूमा रमेश पाण्डे, कुस्मखर पाण्डे, राजु पाण्डे, मनरुप पाण्डे, बसन्ती न्यौपाने, प्रभानन्द पाण्डे र रमित पाण्डे रहेका छन्।
नवनियुक्त वडा सभापति प्रदीप पाण्डेले कमिटी गठनसँगै जनताको अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी जनताको विश्वास जित्ने गरी पारदर्शी र जिम्मेवार ढंगले काम गर्नेछौं। स्थानीय समस्या समाधान र विकासका काममा सक्रिय रूपमा लाग्ने हाम्रो प्रतिबद्धता छ।”
नवगठित कमिटीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। कमिटीले स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्दै विकास निर्माणका गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।








