पेट्रोल, डिजेल ,मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

  ।   १९ माघ २०८१, शनिबार ०९:१७

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबारमध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

निगम सञ्चालक समितिको शुक्रबारको बैठकले आज विहान देखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै निगमले पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.५९, डिजेलमा रु ३.५७ तथा हवाई इनधनमा रु ५.७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

Next Post

प्रेस चौतारी कालिकोट अध्यक्ष सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

१९ माघ २०८१, शनिबार ०९:१७
कालिकोट । प्रेस चौतारी नेपाल कालिकोट शाखाको ७औं अधिवेशन सनिवार सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको ७औं अधिवेशनबाट अध्यक्षमा रमेश सुनार निर्विरोध चयन भएका छन् । जिल्लाको सातौं अधिवेशन पनि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष कट्क बम र निस्ता कार्की, सचिव ललित बिष्ट, सह-सचिव […]