कालिकोट । प्रेस चौतारी नेपाल कालिकोट शाखाको ७औं अधिवेशन सनिवार सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको ७औं अधिवेशनबाट अध्यक्षमा रमेश सुनार निर्विरोध चयन भएका छन् ।
जिल्लाको सातौं अधिवेशन पनि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष कट्क बम र निस्ता कार्की, सचिव ललित बिष्ट, सह-सचिव मान बहादुर बिक , लिलाराज सञ्ज्याल तथा कोषाध्यक्ष तारा सार्की चयन भएका छन्।
प्रेस चौतारी जिल्लाको नयाँ कार्यसमितिमा १५ सदस्यी गठन गरिएको छ । सदस्यमा अशोक देवकोटा ,वर्षा योगि,अस्मिता विस्ट, नवराज खड्का, बहादुरे वि क , जयाराम चौलागाईं , रहेका छन ।
तेस्तै केन्द्रीय प्रतिनिधिमा तुलाराम पाण्डे, कृष्णराज धमाला, दिलिप कुमार शाही , विश्वनाथ सिम्खाडा, सुमन कुमार बम ,भगवती शाही रहेका छन ।
प्रदेश प्रतिनिधिमा गोकर्ण प्रसाद संज्याल , छत्र रोका मगर, राधिका कुमारी मल्ल ,सर्मिला कुमारी शाही , जयाराम चौलागाई ,कोपिला कुमारी शाही रहेका छन ।
यस अधिवेशनले प्रेस चौतारी नेपाल कालिकोटको भावी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।