भूकम्पका कारण सोलुखुम्बुमा दुईवटा घरमा क्षति

  ।   २३ पुष २०८१, मंगलवार १३:३३

सोलुखुम्बु ।  भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।

आज गएको थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। क्षति बारे यकिन विवरण आउन बाँकी छ।

Next Post

जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो रौनक

२३ पुष २०८१, मंगलवार १३:३३
जुम्ला । जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ । पुस १५ बाट जुम्लामा सुरु भएको भैलो अहिले जुम्लाका गाउँबस्तीमा चलिरहेको छ । स्थानियले गाउँबस्तीसहित सरकारी कार्यालयमा भैलो खेल्न थालेका छन् । पुसको औँसी वा प्रतिपदाका दिनदेखि खेलिने भैलोको आफ्नै […]