कालीकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कालीकोटको ७ औँ जिल्ला अधिवेशनले अध्यक्षमा मिनराज न्यौपानेलाई सर्वसम्वत चयन गरेको छ ।
शुक्रबार सदरमुकाम मान्ममा उद्घाटन भएको ७ ओँ जिल्ला अधिवेशनमा अध्यक्ष न्यौपानेलाई चयन गरेको हो । न्यौपाने सहित ४९ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरिएको छ ।
उपाध्यक्षमा बसन्त शाही, सचिव राज सिंह बिष्ट , सहसचिव परेक शाही, बेलासपुरा शाही कोषाध्यक्ष, अंक तिवारी, बिज्ञ परिषद प्रमुखमा पुष्प सेजुवाल, साइबर सर्कल प्रमुखमा धनराज बोगटी, र युथफोर्स प्रमुखमा स्वागत बम चएन भएका छन् ।
असार १४ गते उद्घाटन गरिएको जिल्ला अधिवेशनले १५ गते शनिबार मात्रै नयाँ नेतृत्वको टुंगो लागेएको हो ।