कालिकोट । स्वतन्त्र बिद्यार्थी युनियन तिला कर्णाली क्याम्पस कालिकोटको आयोजनामा भएको भलिबल खेलको कप उपाधी साहसीक युवा क्लब अर्थात एक्कासि छड्केले हात पारेको छ ।
क्याम्पस तथा पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता आयोजनामा प्रथम एक्कासि छड्के भएको हो । प्रथम भए सगै ४० हजार नगत चेक पुरस्कारक , कप, म्याडल र प्रमाणपत्र दिइएको छ ।
तेस्तै प्रतिस्पर्धाबाट दोस्रो नन्दादेवी बहुमुखी क्याम्पस नरहरिनाथ भएको छ । द्वितिय पुरस्कार २५ हजार नगत चेक , कप, म्याडल र प्रमाणपत्र बितरण गरिएको छ ।सो खेल तिला कर्णाली बहुमुखी क्याम्पसको प्राङ्गण ताडिमा भएको हो ।