कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बन्ने सहमति सुरुमा ओलि प्रधानमन्त्री बन्दै

  ।   १९ असार २०८१, मंगलवार ०७:४२

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने नयाँ गठबन्धन बन्ने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो। सोमवार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छलफल गरेका छन्।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको नेपाली काँग्रेसका प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले जानकारी दिए।

Next Post

"पिपलकाे पातमा ब्याच बनाउने पहिलाे ब्यक्ति जुम्लाका महेश "

१९ असार २०८१, मंगलवार ०७:४२
बिक्रम तिरुवा सलिन  जुम्ला / नेपाली संस्कृति अनुसार अतिथि हाम्रा लागि देवता सम्मान हुन्छन त्यसैले भनिन्छ होला अतिथि देवो भवः । अतिथिलाई कसरी सत्कार गर्ने भन्ने विषयमा विभिन्न कार्यहरु पर्दछन त्यसै मध्यको एक हो ।  कार्यक्रममा आसन ग्रहण गर्ने क्रममा वितरण गरिने ब्याज । ब्याच शब्दको अर्थ खोज्दै जादा वृहत् […]