अपडेट

सुर्खेतमा प्रभातफेरीदेखि प्यानल छलफलसम्म, २६औँ अन्तर्राष्ट्रिय युवा दिवस उत्साहपूर्वक सम्पन्न

  ।   २७ श्रावण २०८२, मंगलवार २२:३३

सुर्खेत । हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष २६औँ संस्करणका रूपमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा सुर्खेतसहित जुम्ला, दैलेख, कालिकोट, हुम्ला लगायतका जिल्लामा प्रभातफेरी, प्यानल छलफल, सांस्कृतिक प्रस्तुति र सामूहिक प्रतिबद्धताका कार्यक्रम गरिएको हो।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ रोयम नेपाल, युवा मानव अधिकार रक्षक सञ्जालको पहलमा तथा प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयको आयोजनामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा युवा मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष पुजा दमाईको सभाध्यक्षता रहेको थियो भने, आन्तरिक मामिला तथा कानुन पूर्व मन्त्री माननीय कृष्ण जिसी प्रमुख अतिथि रहेका थिए। साथै, योजना आयोग सदस्य अशोकनाथ योगी विशिष्ट अतिथी , गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विक, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेश अध्यक्ष घनश्याम केसी, आवास संस्था कार्यकारी निर्देशक पवित्रा शाही लगायत अतिथिहरूको उपस्थिति रहेको हो ।

यसैगरी, प्रदेशस्तरीय सम्पूर्ण सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा अभियन्ता, विद्यार्थी, पत्रकार तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको हो ।

प्यानल छलफलमा बक्ताको रुपमा पत्रकार गणेश कंचन भारतीले सहजीकरण गर्दै प्रश्न जबाफमा दिगो विकासका लक्ष्य (SDGS) पूरा गर्न युवाको भूमिकाबारे विस्तृत बहस गरियो। वक्ताहरूले कर्णाली प्रदेशको विकासमा युवा शक्ति मुख्य आधार भएकाले उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न राज्य, नीति निर्माता र सरोकारवाला निकायले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय कलाकारहरूले देशभक्ति, सामाजिक चेतना र कर्णालीको सांस्कृतिक विविधता झल्काउने गीत–नृत्य प्रस्तुत गरेका छन । कार्यक्रममा सहभागी युवाहरूले शिक्षा, रोजगारी, लैङ्गिक समानता र वातावरणीय संरक्षणका विषयमा सामूहिक प्रतिबद्धता पनि जनाएका थिए।

सो कार्यक्रम युवा मानवअधिकार रक्षक सुर्खेत जिल्ला उपाध्यक्ष पर्वत परिवारले संचालन गरेका हुन ।

Next Post

सरकारी बेवास्ताबीच युवाको जोशले ताडीमा लाखे जात्रा सुरु

२७ श्रावण २०८२, मंगलवार २२:३३
कालिकोट । जिल्लाको ताडी गाउँमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा यो वर्ष पनि परम्परागत लाखे जात्रा धुमधामका साथ सुरु भएको छ। केही वर्षअघिदेखि स्थानीय युवाहरूको पहलमा  सुरु गरिएको यो जात्रा यसपटक पनि त्यही जोश र उत्साहका साथ युवाहरूले सुरु गरेका हुन्। विशेषतः, यस जात्राको संरक्षण र व्यवस्थापनमा वडा सरकारको चासो नदेखिनु र […]

सम्बन्धित शीर्षक