अपडेट

सल्यानमा एक युवक जंगलमा मृत अवस्थामा फेला

  ।   १७ जेष्ठ २०८२, शनिबार ०७:४४
साकेंतिक तस्बिर

सल्यान । सल्यान जिल्लामा एक २३ वर्षीय युवक जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका–६ डुडाखोलाका २३ वर्षीय शंकर बीसी कुवाखोलानजिकै जंगलमा मृत अवस्थामा भेटिएका हुन् । बिहीबार बन्गाड कुपिण्डे नगरपालिका ११ ढोरपिपलमा मेला हेरेर फर्केका उनी घर नफर्केपछि खोज्दै जाँदा जंगलको बीचमा एक रुखमा पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले बताउनु भयो को छ।

घटना शंकास्पद देखिएपछि बीसीसँगै गएका तीन जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सल्लीबजार राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Next Post

कर्णाली कोरिडोर खुलालु देखि लालिघाट सम्मको सडक पाँच दिनलाई बन्द

१७ जेष्ठ २०८२, शनिबार ०७:४४
कालिकोट । कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु–सल्लीसल्ला सडक खण्ड अन्तर्गत खुलालु देखि लालिघाट सम्मको सडक पाँच दिनलाई बन्द हुने भएको छ। खुलालु देखि लालिघाटसम्मको सडक स्तरोन्नति (आरसिसी) कार्य गर्नु पर्ने भएकाले पाँच दिनका लागि सडक बन्द हुन लागेको हो। सडकको स्तर उन्नति गर्नका लागि ज्येष्ठ १७ गते  देखि पाँच दिनका […]

सम्बन्धित शीर्षक