अपडेट

कर्णाली कोरिडोर खुलालु देखि लालिघाट सम्मको सडक पाँच दिनलाई बन्द

  ।   १७ जेष्ठ २०८२, शनिबार १०:१८

कालिकोट । कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु–सल्लीसल्ला सडक खण्ड अन्तर्गत खुलालु देखि लालिघाट सम्मको सडक पाँच दिनलाई बन्द हुने भएको छ। खुलालु देखि लालिघाटसम्मको सडक स्तरोन्नति (आरसिसी) कार्य गर्नु पर्ने भएकाले पाँच दिनका लागि सडक बन्द हुन लागेको हो।

सडकको स्तर उन्नति गर्नका लागि ज्येष्ठ १७ गते  देखि पाँच दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनुभयो।

पाँच दिनका लागि खुलालु देखि  लालिघाट सडक खण्डमा मालवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय भएको छ ।

 यात्रुबाहक सवारीका लागि निम्न व्यवस्था मिलाइएको छः

शुक्रबार एक सुचना जारि गर्दै यात्रुबाहक सवारीका लागि उत्तरतर्फ बाजुरा, हुम्ला, मुगु लगायतका जिल्लाबाट आउने यात्रुबाहक सवारी साधनलाई लालिघाटसम्म आउने दिन व्यवस्था गरिएको छ।

त्यस्तै दक्षिणतर्फ सुर्खेत, दैलेख, अछाम लगायतका जिल्लाबाट आउने सवारी साधनलाई कालेखोला (जिरो पोइन्ट) सम्म आवतजावतको व्यवस्था मिलाइएको छ।

यस निर्णयले यातायात व्यवसायी, मालवाहक सवारी चालक तथा सम्पूर्ण भोग्नु पर्ने कठिनाइ तथा असुविधाको बोध गर्दै, आगामी दिनमा सडकको स्तरोन्नति (आरसिसी) कार्य सम्पन्न भएसँगै यातायात सेवामा सुधार आउने अपेक्षा सहित सम्पूर्णको सहयोग र समझदारीका लागि सबैलाई अनुरोध गरिएको छ ।

 

Next Post

प्रदेश मामिला समितिद्धारा जाजरकोट भूकम्पपछिको पुनर्निर्माण अल्झन कार्यान्वयन गर्न निर्देशन

१७ जेष्ठ २०८२, शनिबार १०:१८
सुर्खेत ।  प्रदेश मामिला समितिले कर्णाली प्रदेश सरकारलाई भूकम्पपछिको पुनर्निर्माण तथा अनुगमन कार्यक्रमको प्रतिवेदन सुझावहरुलाई निर्देशन दिएको छ । अनुगमनमा देखिएका कानुनी अल्झनलाई सहज बनाउन समितिले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको खलंगामा गरेको सार्वजनिक सुनवाइमा कानुनी अल्झनले पुनर्निर्माणमा समस्या उत्पन्न भएको गुनासोका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । आइतबार गरियको […]

सम्बन्धित शीर्षक