अपडेट

सुर्खेतमा श्रीमानले श्रीमतीलाई चिर्पट प्रहारबाट हत्या

  ।   ११ श्रावण २०८२, आईतवार ११:३२
साकेंतिक तस्बिर

सुर्खेत । सुर्खेतमा आइतबार विहान श्रीमानले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर–१३ करेखोलामा ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन् । विहान साढे १ बजेतिर घटीत घटनापछि ठाडाले आफैं प्रहरीलाई फोन गर्दै सर श्रीमती मारिसके पक्राउ गर्न आउनुहोस् भन्दै घरको ठेगाना दिएका थिए ।

यो घटेको एक घटनाले फेरि एकपटक घरेलु हिंसा र मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठाएको छ । मानसिक तनाव र समस्या बढ्दै जाँदा पारिवारिक सम्बन्धमा चिरा पर्नु र यसले हिंसात्मक रूप लिनु आजको समाजको ठूलो चुनौती बन्दै गएको छ ।

फोन गर्नु अघि उनले वडाध्यक्षलाई समेत सम्पर्क गरी प्रहरीको नम्बर मागेका थिए । जानकारी पाउनासाथ नगर प्रहरी र करेखोला प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले विहान करिब २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चिर्पट प्रहारबाट हत्या भएको देखिएको छ । घटनाको स्पष्ट कारण नखुले पनि मानसिक तनाव र पारिवारिक विवादले यो घटनामा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।

प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको र घटनाका अन्य पक्षबारे पछि विस्तृत विवरण आउने जनाएको छ । समाजमा बढ्दै गएको मानसिक समस्या र पारिवारिक कलहले यस्ता घटना दोहोरिनु नपरोस् भनी सचेतना र मानसिक स्वास्थ्यसम्बन्धी पहल आवश्यक देखिएको छ ।

 

Next Post

लिभ–इन सम्बन्धमा रहेका युवतीको हत्या, अभियुक्त प्रेमीले आफैँ प्रहरीलाई जानकारी दिए

११ श्रावण २०८२, आईतवार ११:३२
सुर्खेत ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा डेरा गरी बस्दै आएकी १९ वर्षीया निर्मला थापाको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका–२ घर भएकी थापा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। हत्या आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका–३ का ३३ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी […]