मुगु । पौडी खेल्ने क्रममा रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ ।
रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेका अनुसार बिहीबार दिउँसो छायानाथ रारा नगरपालिका कार्कीबाडाका अन्दाजी २० २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टि ठाकुरनाथको मन्दिरनजिक डुबेको अवस्थामा फेला परेका थिए ।
साथीसँग तालमा पौडी खेल्ने क्रममा रावलको डुबेर मृत्यु भएको हो । निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाए पनि उनिहरुले लुकिछिपि पौडी खेलेका थिए ।