पत्रकार महासंघ कर्णालीमा अध्यक्ष शर्मा नेतृत्वको प्यानल विजयी

  ।   ३० मंसिर २०८१, आईतवार १७:०३

सुर्खेत । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा नेतृत्वको प्यानल विजयी भएको छ । उक्त प्यानलबाट उपाध्यक्ष महिलामा नेपाल प्रेसकर्मी अप्सरा विष्ट निर्वाचित भएकी छन् ।

शर्मा र विष्ट प्रेस चौतारीको तर्फबाट नेतृत्व गर्दै प्रदेश समितिमा निर्वाचित भएका हुन् । निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुरुषतर्फ लक्ष्मण केसी (रुकुम पश्चिम), महासचिव खगेन्द्रप्रसाद भट्टराई (कालीकोट), सचिव विष्णप्रसाद न्यौपाने (कालीकोट), समावेशी सचिव अशोक राजी (सुर्खेत) र कोषाध्यक्षमा ईश्वरज अधिकारी (सुर्खेत) रहेका छन् ।

 

 

Next Post

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली हुने

३० मंसिर २०८१, आईतवार १७:०३
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद्–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको […]