जुम्लामा नागरिकता प्रमाणपत्र अनलाइन सिफारिस सेवा सुरु हुने

  ।   २८ पुष २०८१, आईतवार १७:११

जुम्ला । जुम्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरु हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिएका छन् ।

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले “गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको बताएका छन् । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिने र यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने बताइएको छ ।

 

Next Post

पाण्डे एकता समाज सुर्खेतको नयाँ नेतृत्व ११ सदस्यसिय कार्यसमिति चयन

२८ पुष २०८१, आईतवार १७:११
सुर्खेत । पाण्डे एकता समाज सुर्खेतको अध्यक्षमा लिलाराम पाण्डे चयन भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा बसेको प्रथम भेलाले पाण्डेको अध्यक्षतामा ११ सदस्यसिय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा गोपाल प्रसाद जैशी (पाण्डे),महिला उपाध्यक्षमा कौशीला पाण्डे, सचिबमा उमाकान्त पाण्डे, चयन भएका छन । यस्तै सहसचिब रत्नप्रसाद पाण्डे, कोषाध्यक्षमा रामप्रसाद जैशी […]