राष्कोट नगरप्रमुख शाहीको अनुरोध : खोज तथा उद्धारमा सहयोग गरौँ

  ।   १८ असार २०८३, बिहीबार २१:१५

कालीकोट । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, सांगेडा क्षेत्रमा आज बिहान करिब ११:३० बजे सुर्खेतबाट रास्कोट नगरपालिका, कालीकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको छ।

रास्कोट नगरपालिकाका अनुसार दुर्घटनाग्रस्त सवारी साधन करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो। हालसम्म प्राप्त जानकारीअनुसार दुर्घटनामा १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य केही यात्रु कर्णाली नदीमा बेपत्ता रहेका छन्।

बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागितामा तीव्र रूपमा उद्धार कार्य सञ्चालन भइरहेको छ।

रास्कोट नगरपालिकाले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय, स्वयंसेवक, सामाजिक संघ–संस्था तथा स्थानीयवासीलाई सक्रिय सहयोग र समन्वय गर्न अनुरोध गरेको छ। नगरपालिकाले उद्धार कार्य जारी रहेकाले थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।

रास्कोट नगरप्रमुख को अनुरोध `यस दुःखद घडीमा बेपत्ता नागरिकहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय, जनप्रतिनिधि, स्वयंसेवक, सामाजिक संघ–संस्था तथा स्थानीयवासीलाई सक्रिय सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गर्दछु। दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।´

Next Post

बाढी पूर्वानुमान महाशाखाको अलर्ट : सुर्खेत, दैलेख र अछामका बासिन्दालाई सतर्क रहन आग्रह

१८ असार २०८३, बिहीबार २१:१५
सुर्खेत । सुर्खेत, दैलेख र अछाम जिल्लामा वर्षा अझै केही समय जारी रहने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आइतबार बिहान ५स्३० बजे जारी गरेको सूचनाअनुसार, पछिल्लो तीन घण्टामा ती जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा रेकर्ड गरिएको छ। साथै […]