बाढी पूर्वानुमान महाशाखाको अलर्ट : सुर्खेत, दैलेख र अछामका बासिन्दालाई सतर्क रहन आग्रह

  ।   २१ असार २०८३, आईतवार ०८:३७

सुर्खेत । सुर्खेत, दैलेख र अछाम जिल्लामा वर्षा अझै केही समय जारी रहने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आइतबार बिहान ५स्३० बजे जारी गरेको सूचनाअनुसार, पछिल्लो तीन घण्टामा ती जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा रेकर्ड गरिएको छ। साथै आगामी केही घण्टासम्म थप वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार निरन्तर वर्षाका कारण ती क्षेत्र भएर बग्ने साना खोलानालाहरूमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने जोखिम रहेकाले नदी तथा खोलाछेउका बासिन्दा, यात्रु तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Next Post

डोल्पामा मध्यरात भीषण बाढी: १ जनाको मृत्यु, ६ जना घाइते, १० घरमा क्षति

२१ असार २०८३, आईतवार ०८:३७
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोलामा आइतबार बिहान करिब ३ बजे अत्यधिक वर्षापछि हिलोमाटोसहित आएको आकस्मिक बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण १० वटा घरमा क्षति पुगेको छ। घटनामा अन्दाजी ५६ वर्षीया आनन्दी बि।क।को मृत्यु भएको छ। प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उहाँलाई उद्धार गरी […]

सम्बन्धित शीर्षक