अपडेट

मुगुमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विविध कार्यक्रमसहित सुरु

  ।   ९ मंसिर २०८२, मंगलवार १७:१४

रतन रावल,
मुगु । विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मुगुमा आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित सुरु भएको अभियानको उद्घाटन छायाँनाथ रारा नगरपालिकाका कार्यवाहक नगर प्रमुख ऐश्वर्य मल्लको सभाध्यक्षतामा सम्पन्न भयो।

अभियानको प्रारम्भ रंगीन : साथ गरिएको थियो, जसमा छायाँनाथ रारा नगरपालिकाका उप–प्रमुख ऐश्वर्य मल्ल, विभिन्न सामाजिक संगठनका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, राजनीतिक दलका नेताहरु, पत्रकार, स्थानीय महिला तथा समुदायका अगुवाहरूको उत्साहजनक उपस्थिति थियो।

उप–प्रमुख मल्लले आफ्नो भनाइमा लैङ्गिक हिंसा अन्त्य घर–परिवारबाटै सुरु हुनुपर्ने भन्दै समाजको विकासमा लैङ्गिक विभेद र हिंसाले ठूलो बाधा पुर्‍याउने बताइन्।

उनले प्रविधिको दुरुपयोगले डिजिटल हिंसा बढिरहेको सन्दर्भमा सकारात्मक र सुरक्षित प्रविधि प्रयोगका उपायहरू जनस्तरसम्म पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरिन्।

मेचीकाली अभियानकी संयोजक सूर्यदेवी मल्लले समानता, सम्मान र मर्यादामा आधारित समाज निर्माणका लागि सामूहिक आवाज बुलन्द गर्नुपर्नेमा जोड दिइन्। “लैङ्गिक हिंसा रहित समाज निर्माण नै यस अभियानको मूल लक्ष्य हो,” मल्लले भनिन्।

कानुनी व्यवस्था र सचेतनामूलक प्रभाव

कानुनी रूपमा नेपालमा लैङ्गिक हिंसा नियन्त्रणका लागि विभिन्न कडा प्रावधानहरू लागू छन्।

मुख्य कानुनहरू यसप्रकार छन्

घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६
घरेलु व्यवहारमा भएका शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसालाई दण्डनीय बनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
बेचबिखन, जबर्जस्ती करणी, दमनजस्ता गम्भीर अपराधमा कडा सजायको व्यवस्था।
यौन दुर्व्यवहार तथा बलात्कारसम्बन्धी दफा (फौजदारी संहिता, २०७४) बलात्कार तथा अन्य यौनजन्य दमनका घटनामा कडा सजाय र पीडितमैत्री प्रक्रिया सुनिश्चित। साइबर सुरक्षासम्बन्धी प्रावधान (इलेक्ट्रोनिक कारोबार ऐन, २०६३)
सामाजिक सञ्जालमार्फत गरिने हेरासानी, बदनाम गर्ने गतिविधि, अश्लील सामग्री प्रकासन वा दुरुपयोग दण्डनीय।

जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालय तथा विभिन्न सहयोगी संस्थाहरूको संयुक्त समन्वयमा अघि बढाइएको अभियानले जनस्तरमा पुगेर लैङ्गिक हिंसा रोकथाम, पीडित संरक्षण, समुदाय–सरकार समन्वय, तथा कानुनी पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सामूहिक प्रतिवद्धता आवश्यक

चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा थापाले समानता र सुरक्षित वातावरण बनाउन समुदाय, संस्था तथा सरकारबीचको सहकार्य अनिवार्य रहेको बताइन्।
“सामूहिक प्रतिबद्धता बिना लैङ्गिक हिंसा अन्त्य सम्भव छैन,” थापाले जोड दिइन्।

अभियान डिसेम्बर १० मा समापन

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने यो विश्वव्यापी अभियान नेपालभर विभिन्न कार्यक्रम, सचेतनामूलक कार्यक्रम, अन्तर्क्रिया, कानुनी परामर्श, तालिम तथा र्यालीहरू सहित मनाइँदै आएको छ।
अभियानको समापन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस का दिन डिसेम्बर १० मा हुने बताइएको छ।

Next Post

जेन्जी शहीदहरूको सम्झनामा मुगुको छायाँनाथ रारा–६ रञ्जन बालैमा धर्मशाला निर्माण

९ मंसिर २०८२, मंगलवार १७:१४
मुगु – हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–६ रञ्जन बालैमा जेन्जी शहीदहरूको स्मृतिमा एक नमुना धर्मशाला निर्माण गरिएको छ। अक्कल कोफिला फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएको सो धर्मशाला भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका लागि बलिदान भएका ७४ जना जेन्जी युवाशहीदहरूको सम्झनामा तयार पारिएको हो। धर्मशालाको निर्माण […]