अपडेट

जुम्लाको काँडा गाउँमा एकै घरका ५ जना बेहोस

  ।   ६ असार २०८२, शुक्रबार १२:१०

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका -६ काँडा गाउँमा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार राति खाना खाइसकेपछि उनीहरू बेहोस भएका हुन ।

बेहोस हुनेमा सोहि गाउँका तिर्थ बुढाको परिवार रहेको छ। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू, १२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा, वर्ष ५ की प्रकृति बुढा र दुई वर्षका छोरा युगान्त बुढा एकै साथ बेहोस भएका हुन्।

आफू सदरमुकाम खलंगा बजार काम विशेषले गएको र बेलुकाको खाना दही र गहुँको रोटी खाएपछि एक्कासी आँखा पोल्ने, पेट पोल्ने र आन्द्रा बटारिने लक्षण देखा पर्दा सबै परिवार बेहोस भएको तिर्थले बताए।

तिर्थका अनुसार राति १२ बजे एम्बुलेन्सबाट सिंजादेखि जुम्लाको प्रतिष्ठानमा ल्याइएको थियो। अहिले उपचार भइरहेको र क्रमिक रूपमा सुधार भइरहेको छ।

तिर्थले भने, ‘बोल्न सक्ने र आँखा हेर्न सक्ने भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बेहोस हुनुको कारणबारे थाहा भएको छैन। अनुसन्धान भइरहेको छ।’

Next Post

कालीकोटको खाँडाचक्र नगरपालिका आपसमा स्वार्थ बाझिँदा अदालतमा मुद्दा

६ असार २०८२, शुक्रबार १२:१०
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका आपसमा स्वार्थ बाझिँदा अदालतमा मुद्दा हाल्ने र नगरपालिकाको विकासे बजेट खर्च गर्ने जनप्रतिनिधिको चलन जस्तै भइसकेको छ । बजेट चलाउन पाएनौँ, नगरपालिका प्रमुखले एकलौटी गरे, उपप्रमुख कोषमा बजेट भएन, वडाध्यक्षले बजेट चलाउन पाएनन्’ जस्ता विषयमा कुरा नमिल्दा जनप्रतिनिधि अदालतसम्म पुक्नु भयको छ । मुद्दा लड्दा जनप्रतिनिधिले पालिकाकै […]