अपडेट

कर्णाली प्रदेशस्तरीय युवा नागरिक मञ्चको संयोजकमा भावना शाही चयन

  ।   २२ जेष्ठ २०८३, शुक्रबार १०:२५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित दुईदिने कर्णाली प्रदेश युवा सम्मेलन बिहीबार सम्पन्न भएको छ। गैरसरकारी संस्था महासङ्घ नेपाल, कर्णाली प्रदेशको आयोजनामा तथा युवा अभियान नेपालको सहकार्यमा सम्पन्न सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट करिब ८५ जना युवाको सहभागिता रहेको थियो।

सम्मेलनले प्रदेशभरका युवाको साझा प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित भावना शाहीको संयोजकत्वमा १५ सदस्यीय कर्णाली प्रदेशस्तरीय युवा नागरिक मञ्च गठन गरेको छ। मञ्चको सहसंयोजकमा कालिकोटका सत्या उपाध्याय र सचिवमा राजेश खनाल चयन भएका छन्। मञ्चमा अन्य १२ सदस्यसमेत रहेका छन्।

नवनिर्मित मञ्चमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक, आदिवासी जनजाति, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको आयोजकले जनाएको छ। सम्मेलनले युवाको नेतृत्व विकास, नागरिक सहभागिता तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा मञ्चले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको छ।
नवनिर्वाचित संयोजक भावना शाही युवा मानवअधिकार रक्षक सञ्जाल, सुर्खेतकी सक्रिय सदस्य हुन्। उनी लामो समयदेखि मानवअधिकार, सामाजिक न्याय, सुशासन तथा जनसरोकारका विषयमा निरन्तर रूपमा सक्रिय रहँदै आएकी छन्।

हाल कानुन सङ्कायअन्तर्गत बीए एलएलबीको नवौं सेमेस्टरमा अध्ययनरत शाहीले विभिन्न सामाजिक अभियान, जनचेतनामूलक कार्यक्रम तथा युवामुखी गतिविधिहरूमार्फत समाजमा सकारात्मक परिवर्तनका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। मानवअधिकार र सामाजिक न्यायका मुद्दामा उनको सक्रियता र नेतृत्व क्षमताका कारण उनी युवामाझ परिचित व्यक्तित्वका रूपमा स्थापित हुँदै गएकी छन्।

नवनिर्वाचित मञ्चले कर्णालीका युवाका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने, नागरिक सहभागिता अभिवृद्धि गर्ने तथा प्रदेशका युवासामु रहेका चुनौती र अवसरबारे साझा पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको

Next Post

विश्व वातावरण दिवसमा बिरेन्द्रनगरको ऐतिहासिक सरसफाइ अभियान: १८ टन फोहोर संकलन

२२ जेष्ठ २०८३, शुक्रबार १०:२५
सुर्खेत ।  विश्व वातावरण दिवस २०८२ को अवसरमा बिरेन्द्रनगर नगरपालिकाको आयोजना तथा बिरेन्द्रनगर जुनियर जेसिजको समन्वयमा सञ्चालन गरिएको “ –‘Trash Collection Race- दोस्रो संस्करण” कार्यक्रम बिहीबार बिरेन्द्रनगरमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता बिरेन्द्रनगर जुनियर जेसिजका अध्यक्ष किशोर न्यौपानेले गरेका हुन भने प्रमुख अतिथिका रूपमा बिरेन्द्रनगर नगरपालिकाका नगर […]