कालिकोट । खाँडाचक्र नगरपालिकाले ६ वटा कार्यविधि पास गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा छ वटा कार्यविधि पास गरेको हो ।
खाँडाचक्र नगरपालिका भित्र आवश्यक पर्ने विभिन्न कार्यविधि तयार गर्न तथा कार्यान्वय गराउन नगर सरकारले कार्यविधि पास गरेको छ ।
खाँडाचक्र नगरपालिकाले टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि , घर वहाल कर व्यवस्थापन कार्यविधि , व्यवसाय कर सम्वन्धी कार्यविधि , तिन पांग्रे सवारी साधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि , उपभोक्ता समिति गठन, दर्ता र सञ्चालन कार्यविधि तथा शिक्षक व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ गरी ६ वटा कार्यविधि नगर सरकारबाट पास गरेको छ ।
बिधायन व्यवस्थापन समितिका संयोजक प्रभानन्द आचार्यको अध्यक्षतामा कार्यविधी निर्माण गर्ने निर्णय गरिएको हो । बैठकलगत्तै २०८१ पौष २२ गते भएको नगर कार्यपालिकाको बैठकमा पेश भएको थियो ।
नगर प्रमुख कमलबहादुर शाहीले नगरपालिका भित्र रहेका नागरिकहरुको सहजताका लागि विभिन्न निति, कार्यक्रम, कानुन तथा कार्यविधि निर्माण गरी कार्यान्वय गर्ने लक्ष्य नगर सरकारले लिएको बताउनुभयो । शाहीले भन्नुभयो यसमा विभिन्न सरकारवाला र स्थानीयहरुले पनि आ-आफ्नो ठाउॅं वाट सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो