कालिकोट । व्यापारीले सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुगमन गरेको छ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावतको नेतृत्वमा विभिन्न सरकारी अन्य प्रतिनिधि रेपिट रेस्पोन्स टिम सयुक्त कार्यदलबाट शुक्रबार कालिकोटको नाग्म बजार क्षेत्रमा अनुगमन गरिएको हो।
अनुगमन टोलीले तिलागुफा नगरपालिका – १ नाग्म बजार क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट,फेन्सि ,सपिङ सेन्टर , फ्रेस हाउस , खाद्य किराना लगायतका पसलहरु दर्ता प्रक्रियामा गरि स्वस्थ , गुणस्तरीय भए नभएको समेतको अनुगमन भएको छ।
अनुगमनका क्रममा दर्ता प्रक्रिया पूरा नभएका पसललाई दर्ता प्रक्रिया कागज पूरा गर्न निर्देशन दिइ , कुनै पनि कागज नराखी व्यापार गर्ने कागज हुदाहुदै पनि मापदण्ड पालना नगर्ने व्यापारीहरुलाइ जरिवाना सहित कार्वाही गरिएको छ ।
अनुगमनका क्रममा मानिसहरुलाई ठगी गरि मिति नाघेका सामान बेच्ने होलसेल पसललाइ कार्वाही गर्ने अन्य होटेल , फ्रेस हाउसलाई सर सफाइमा ध्यान दिई सफा गुणस्तरीय माछा ,मासु बेची खाजा ,खाना खुवाउन सुझाव दिएको छ ।
तेस्तै म्याद नाघेका सामान नियन्त्रणमा लिइ नस्ट समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई पुन निरन्तरता दिने फेरि अनुगमनमा आउँदा कमि कम्जोर औंल्यान नपाइने सुझाव समेत दिएको छ।
जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी रावतले बताउनु भयो ।