कालिकोट । कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान खच्चड फसेका छन् । दैलेखको आठबीस नगरपालिकाको राकम बजारबाट अछामका लागी चामल लिदैँ गरेका १३ वटा खच्चड पुलमा फसेका हुन्।
झोलुंगे पुलमा फसेका खच्चडहरुको अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार कार्य गरिरहेका छन्।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार ती खच्चडहरू अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चड अड्किन पुगेका टन्। लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका छन्।
‘सुरक्षाकर्मी र स्थानीयले पुलको जाली काटेर खच्चडलाई कर्णाली नदीमा खसालिरहेका छौं, केही खच्चड तैरिएर किनारमा आए, केहीलाई डुंगामार्फत् निकालिएको हो।