कालिकोट / देशभर विभिन्न कार्यक्रम गरेर ‘विद्युतीय सुरक्षा दिवस मनाइएको छ । विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नारामा साथ दिवस मनाइएको हो ।
नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रको आयोजनामा सोमवार मान्ममा बिभिन्न निकायका व्यक्तीहरुको सहभागितामा प्रभात फेरि कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम मान्मको जिरोप्वाईन्ट देखि प्रभातफेरी सहीत सुरु भई प्रतिमा चोकमा पुगेर समापन भएको हो ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले सुरक्षा सामाग्रीको साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौँ, नगरौ है चोरीको धन्दा, परिएला कानूनको फन्दा लगायतका जनचेतनामुलक नारा लेखिएका पम्पलेट बोकेका थिए ।
कार्यक्रममा जिल्लाको वितरण केन्द्रका कार्यलय प्रमुख हरेन्द्र राय यादवले अनौपचारिक रुपमा कर्मचारीलाई र सर्वसाधरणलाई काम गर्ने क्रममा अपनाउनु पर्ने सावधानी र विद्युतीय सुरक्षाका विषयमा जानकारी गरानुका साथै विद्युतीय काम गर्दा सुरक्षा सबैभन्दा ठूलो सर्त रहेको भन्दै उनले काम गर्दा ज्यानलाई जोखिममा राख्न नहुने बताए ।
कार्यक्रममा बोल्दै कर्णाली जेसिज बर्ष २०२१ का अध्यक्ष लक्ष्मण कुमार शाहीले वितरण कार्यालय कालिकाृटको भवन निर्माणका लागि राजनैतिक हस्तक्षेपका कारण अहिसम्म पनि भवन निर्माण हुन नसकेकाले भाँडा तिर्दै बस्नुपर्ने बाध्यताको सिर्जना भएको र समग्र कालिकोट जिल्लाको विकास पनि राजनैतिक दलको हस्तक्षेपले गर्दा नै पछि परेको बताएका छन् ।
जनतालाई विद्युतीय जोखिमका विषयमा जानकारी र स्वयम् कर्मचारीलाई पनि कार्य सम्पादन गर्ने क्रममा सुरक्षा अपनाउनु पर्ने लगायतका बारेमा जानकारी दिने उद्देश्यले दिवस मनाउँदै आएको कार्यालएका लेखा प्रमुख डिल बहादुर शाहीले बताएका छन् । ।