कालिकोट । ‘मानव अधिकार तथा सामाजिक न्याय अभियान’ भन्ने मुल नाराका साथ जिल्लास्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । जिल्लास्तरिय युवा मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा सञ्चारकर्मी निस्ता कार्की सर्वसम्मत निर्वाचित भएकी छन् ।
अध्यक्ष कार्कीसहित २५ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्ष पदका लागि छत्र रोकामगर, द्वितिय उपाध्यक्ष तारा सार्की, महासचिव पदमा प्रदिप धिताल, सचिवमा रविन्द्र विक, सहचिवमा कल्पना चौलागाँई, कोषाध्यक्ष पदमा भगवती शाही, सहकोषाध्यक्ष सर्मिला शाही लगायत २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
जसमध्ये ९ जना सचिवालय गठन गरिएको छ । त्यसैगरी सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाकारको संयोजकमा कालिबहादुर मल्ल र सल्लाकारको सहसंयोजकमा पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट लगाएत ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
विशेष गरी युवाको क्षेत्रमा आइपर्ने चुनौती तथा युवाका अधिकारका क्षेत्रमा यस सञ्जालले काम गर्ने छ ।इन्सेक नेपालको समन्वय,एई आई एन को सहयोग तथा रोयम नेपालको आयोजनामा कार्यक्रम गरिएको हो ।
नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावतको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।
जिल्लास्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन तथा मानव अधिकारसम्बन्धी अभिमूखीकरण कार्यक्रमका अतिथिहरुले मानव अधिकारका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएका नागरिक समाज तथा अन्य मानव अधिकारका क्षेत्रमा काम गर्ने नागरिकहरुले यो सञ्जाललाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।
आगामी दिनमा मानव अधिकारका क्षेत्रमा सदैव लाग्नुपर्नेमा जोड दिएका छन् । पत्रकार महासंघ कालिकोटका अध्यक्ष एवं कार्यक्रमका सभाअध्यक्ष भरतराज विष्टले मानव अधिकारका क्षेत्रमा काम गर्ने सम्पूर्ण सञ्चारकर्मी, मानव अधिकारकर्मीलगायत अन्य संघ संस्थाले यस सञ्जाललाई सधै साथ दिनुपर्ने बताएका छन् ।
समाजमा रहेका विभिन्न कुरीती कुसंस्कारका कारण पनि मानव अधिकारका क्षेत्रमा चुनौती देखिएको बताएका छन् । विष्टले समाजमा रहेका विभिन्न हानिकारक अभ्यासलाई न्यूनिकरण गर्नका लागि लागि यो सञ्जाल लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सिएमसी नेपालका लोकबहादुर विक, रोयम नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोष विक, इन्सेक प्रतिनिधि कालिबहादुर मल्लले कार्यक्रमको प्रशिक्षण गरेका हुन् । सौर्यअनलाइनबाट साभार