जुम्ला । जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन तथा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम जिल्ला सदरमुकाम जुम्लामा सम्पन्न भएको छ ।
पारश सुनारको नेतृत्वमा २५ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । गैरसरकारी संस्था रोयम नेपालको आयोजना आइन नेपालको सहयोग र इन्सेक नेपालको समन्वयमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्लाका आठ ओटै स्थानीय तहका १८ देखि ३० वर्ष सम्मका युवाहरू सहभागी रहेको थियो । जिल्लामा रहेका मानव अधिकार उलंघनको विरुद्धमा युवाहरू भुमिका र युवाहरूले उठाउनु पर्ने आवाज बुलन्द होस भन्ने उदेश्यले यो कार्यक्रम गरिएको छ ।
रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष विक ले कार्यक्रममा युवाहरूलाई प्रशिक्षण गराएका थिए । परीक्षक विक ले कार्यक्रम भने सबैभन्दा बढी राज्य तहले नै मानव अधिकार उलंघन गरेको छ । हामीले राज्यलाई सचेत गराउनको निम्ति हाम्रो आवाज बुलन्द गर्नुपर्छ । सधै खबरदारी गर्नुपर्छ । यो आम नागरिक,संघ संस्था,विविध समुहहरु खबरदारी गर्नुपर्छ । राज्यले पनि उठेका आवाजको सम्बोधन गर्नुपर्नेु उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने मानव उलंघन भएको छ भने आम नागरिकहरुले हामीलाई खबर गर्नुहोस् घटना प्रवृत्ति हेरेर कारबाही हुन्छ । यो दायित्व सरकारको मात्र होइन आम नागरिकको पनि हो । मानव अधिकार उलंघन राज्यले मात्र धेरै गरेको भ्रम छ त्यो हामी सबै मिलेर चिर्नुपर्नेु उनको भनाई छ
जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रतिनिधित्व गर्दै आउनु भएका सह-निरीक्षकले भने मानव अधिकार उलंघन भएका छन् भने हामीलाई खबर गर्नुस् विभिन्न माध्यमहरु छन् । नेपाल प्रहरी सधैं मानव अधिकार रक्षकको रुपमा काम गर्न तत्पर छ त गरिरहेको छ । हामीसँग मात्रै सहकार्य गरिदिनुस् बाँकी नेपाल प्रहरीले गर्छ ।