मुगुको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध

  ।   १६ पुष २०८१, मंगलवार १७:१५

मुगु । मुगुको कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् ।

सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् । सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताएका छन्। पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बसेको यात्रु बताउछन् । उद्धार गर्ने कोही नभएपछि चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा भएको, र उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उनले फोन बताए ।

हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताए ।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

Next Post

नदिमा इस्काइवेटर पल्टिदा बेपत्ता संज्यालको खोजिकार्य निरन्तर

१६ पुष २०८१, मंगलवार १७:१५
कालिकोट ।  कर्णाली नदिमा इस्काइवेटर पल्टिदा वेपत्ता भएका कुस्माखर संज्यालको खोजिकार्यका लागी सुर्खेत देखी गोदाखोरको टोलि , प्रहरी र शसत्र प्रहरी टोलि सहित खोजी कार्य भइरहेको छ । गत पौष १२ गते अपरान्न ५ बजे तिर पचालझरना ८ चाटेबगर स्थित कर्णाली नदिमा डोजर तार्नेक्रममा डोजर पल्टीदा डोजर सहित संज्याल नदीमा […]